Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

जनकपुर सहित देशभर निषेधाज्ञा खुकुलो : कोभिडको तेस्रो लहरको जोखिम बढ्दै


जनकपुर सहित देशभर निषेधाज्ञा खुकुलो : कोभिडको तेस्रो लहरको जोखिम बढ्दै

काठमाण्डू उपत्यकासहित नेपालका विभिन्न स्थानमा निषेधाज्ञा थप खुकुलो भइरहेका बेला स्वास्थ्य मन्त्रालयले सम्भावित जोखिमलाई ध्यानमा राखेर तयारी गरिरहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलका अनुसार बढ्न सक्ने सङ्क्रमण नियन्त्रणका लागि अस्पतालहरूलाई निर्देशन दिने लगायतका काम थालिएको छ।

पौडेलले भने, हाम्रो प्राथमिकता भनेको धेरैलाई कसरी बचाउन सकिन्छ, परीक्षण कसरी बढाउन सकिन्छ र द्रुत प्रतिकार्ययोजनालाई कसरी चुस्त बनाउन सकिन्छ भन्ने हो र त्यसै अनुसार काम गरिरहेका छौँ।

तर जनस्वास्थ्य जानकारहरूले सङ्क्रामक नयाँ भेरिअन्ट देखिएको अवस्थामा सरकारको तयारी फितलो भएको चेतावनी दिएका छन्।

लामो समय कडा निषेधाज्ञा गर्दा पनि उल्लेख्य रूपमा सङ्क्रमण दर घटाउन नसकिएको र लक्षण बिनाका मानिसहरू परीक्षण नै नगरेका कारण जोखिम कायम रहेको बताइएको छ।

उपचारात्मक पाटो र सामुदायिक परीक्षणमा जनशक्तिलाई तालिम दिन थालिएको मन्त्रालयले बताएको छ।

जनशक्ति तयार गरेर तयार अवस्थामा राख्ने, अस्पतालहरूमा उपकरण थप्ने र समुदायमा परीक्षणको दायरा बढाउन काम भइरहेको छू पौडेलले भने।

समुदायमा परीक्षणको पाटो सशक्त हुन नसकेकोले हामीले प्रत्येक पालिकामा जनस्वास्थ्य निरीक्षक थप्न लागेका छौँ।

गत वर्ष निषेधाज्ञा खुकुलो भएपछि ह्वात्तै सङ्क्रमण बढेको थियो।

नियन्त्रण र औषधि उपचारमा सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ।

झन् यस पटक त थप सङ्क्रामक भनिएको नयाँ भेरिअन्ट देखिएका कारण सरकारको पूर्वतयारीको अवस्था असाध्यै फितलो देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा। बाबुराम मरासिनीले बताए।

मरासिनीले भने,सरकारको तयारी असाध्यै अपुग छ।

अहिले सबैभन्दा गर्नुपर्ने भनेकै धेरै परीक्षण हो। तर सरकारी संस्थाले असाध्यै कम गरेको देखिन्छ। अस्पतालमा आएका बिरामी भर्ना गरेर मात्रै त रोग नियन्त्रण हुँदैन।

पछिल्लो समय झन् परीक्षण सङ्ख्या घट्दै गएको छ।

लक्षण नभएकाले परीक्षण गराउँदा पनि सङ्क्रमण पोजेटिभ देखिएको छ भने धेरैले त सामान्य लक्षण देखिँदा पनि परीक्षण नगराउने पाइएको उनले बताए।

परीक्षणको सङ्ख्या कम हुँदै गएका बेला र सङ्क्रमण गाउँ गाउँ पुगेका बेला सरकारले गरिरहेको नियन्त्रण तथा उपचारको अवस्था कमजोर रहेको मरासिनीले बताए।

मङ्गलवारबाट भेरोसेलको दोस्रो मात्रा दिन थालिएको छ

सरकारले त कुन कुन जोखिम क्षेत्र हो। सम्भावित सङ्क्रमित कहाँ छन् त्यो क्षेत्रमा नियन्त्रण गर्न के(के गर्नुपर्ने हो भनिदिनुपर्ने हो, उनले भने।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्रका प्रमुख अनुसन्धान अधिकृत डा। मेघनाथ धिमाल पनि सरकारले परीक्षणको दायरामा त्यति धेरै काम गर्न नसकेको बताउँछन्।

अहिलेको प्राथमिकता खोप नै हुनुपर्ने र सबैले खोप नलगाउँदासम्म सङ्क्रमणको जोखिम कायम नै रहने भएकोले नियन्त्रणका लागि सर्वसाधारण आफैँले पनि स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने धिमालले बताए।
धिमालका अनुसार पहिलो लहरको छ महिनामा अर्को लहर आउने अनुमान गरिन्छ।

दोस्रो लहर मेरजुन महिनालाई लिइएको कारण अब त्यसको छ महिनामा तेस्रो लहर आउने सम्भावना रहने बताए।

धिमाल भन्छन्, तर खोप कार्यक्रमले कति गति लिन सक्यो र स्वास्थ्यका मापदण्ड कति पालना भएका छन् भन्ने विषयमा भर पर्छ।

मन्त्रालयका प्रवक्ता पौडेल पनि तेस्रो लहरको समय अनुमान नगरिएको तर त्यसका लागि मोडलिङुको काम भइरहेको बताउँछन्।

मन्त्रालयले तेस्रो लहर सुरु हुनसक्ने र त्यसमा बालबालिका बढी सङ्क्रमित हुनसक्ने भन्दै गत जेठ २१ गते बालबालिकाका लागि २० प्रतिशत बेड र आईसीयू र भेन्टिलेटर लगायत आवश्यक सामाग्री तयारी अवस्थामा राख्न अस्पतालहरूलाई निर्देशन दिएको थियो।

कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि गत वैशाख १६ गते एक साताका लागि भनेर सुरुमा निषेधाज्ञा लगाइएको थियो।

त्यसपछि पटकपटक थप गर्दै र केही खुकुलो बनाउँदै निषेधाज्ञा अहिलेसम्म जारी राखिएको छ।

निषेधाज्ञा कार्यान्वयन प्रभावकारी नभएपछि अध्यादेशमार्फत् कानुन ल्याएर निषेधाज्ञा तोड्नेलाई विभिन्न किसिमका जरिवाना र सजायको व्यवस्था गरिएको थियो।

निषेधाज्ञा कडा पारिएकै बेला पनि ७० प्रतिशतजस्तो मात्रै कार्यान्वयन भएको पाइएको मन्त्रालयका प्रवक्ता पौडेल बताउँछन्।

त्यसैले सङ्क्रमण दर नियन्त्रणमा आउन कठिनाइ भएको उनको बुझाइ छ।

पछिल्लो तथ्याङ्क अनुसार काठमाण्डू, झापा, सुन्सरी, पोखरा, चितवनलगायत नौ वटा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा बढी रहेको छ।

पौडेलले भने, यी नौ जिल्लामा अस्पतालहरूमा बिरामीको चाप, नयाँ सङ्क्रमितहरू हुने अवस्था, सङ्क्रमण सर्ने दर हेरेर थप निर्णय गर्नुपर्ने हुन्छ।

र त्यो अबको १० दिनको अवस्था हेरेर गर्नुपर्ने हुन्छ।बीबीसी

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२ हप्ता अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

५ घण्टा अगाडि
२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० घण्टा अगाडि
लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

२ दिन अगाडि
बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

२ दिन अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि