Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

अभियन्ताको आतंकले प्रहरी परेसान, सुजिताको हत्या अनुसन्धानमा अवरोध पुर्याउँदै


चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ ।

असार ११ गतेदेखि हराइरहेकी सुजिताको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार पत्रकार सम्मेलन गरी शंकास्पद व्यक्तिसँग सोधपुछको काम भइरहेको जनाएको छ ।

प्रहरी उपरीक्षक (एसपी) ओमप्रकाश अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘हामीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गर्‍यौं । केही कुरा खुलेको छ । थप अनुसन्धान जारी छ ।’

अभियन्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा कठिनाइ थपेको एसपी अधिकारीले बताए ।
‘काठमाडौंमा ब्यानर प्रिन्ट गरेर, झोलामा हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गरी अवरोध सिर्जना गर्ने काम भएको छ,’ उनले भने । बाह्य व्यक्तिका कारण अनुसन्धानमा असहज भएको उनको भनाइ छ ।

उनले अगाडि भने, ‘अनुसन्धानमा खटिनुपर्ने प्रहरी कर्फ्यू व्यवस्थापनमा खटिनु परेको छ ।’ भण्डारीको मृत्यु प्रकरणमा शव परीक्षण सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको उनले जानकारी दिए । भिसेरा परीक्षणको नतिजा आएपछि केही भन्न सकिने एसपी अधिकारीको भनाइ छ ।

अनुसन्धानको कामलाई अप्ठ्यारोमा पार्ने काम भएको भन्दै उनले थपे, ‘शव परीक्षणका लागि ल्याउने समयदेखि नै असहज बन्दै गएको वातावरणले काम गर्न कठिन भयो । आफन्त अनुसन्धानका लागि तयार छन् तर बाह्य व्यक्तिले अवरोध खडा गरेका छन् ।’

एसपी अधिकारीले स्थानीवासीलाई अनावश्यक हल्लाको पछि नदौडिन समेत आग्रह गरेका छन् । ‘प्रहरीको अनुसन्धानलाई असर गर्ने खालका हल्लाको पछि नदौडनुस् । यसले घटनालाई अन्तै मोड्ने काम गर्छ,’ उनले भने ।

अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भीर बन्नुपर्ने समय आएको भन्दै उनले भरपर्दो सञ्चार माध्यमको मात्र विश्वास गर्न आग्रह गरे ।

भण्डारीको शव भेटिएको घटनामा हत्या वा आत्महत्या के हो भन्ने विषयमा प्रहरी नै अन्योलमा रहेको अधिकारीले बताए ।

शव भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट विभिन्न समयमा दोहोरो कुरा हुनु र डाटा लिएर इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उनले जानकारी दिए ।

अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोली कुकुरसहित खटिएको छ । अहिलेसम्म प्रहरीले स्थानीयवासी र मृतकका आफन्तसँग सोधपुछको काम गरिरहेको एसपी अधिकारीले बताए । उक्त क्षेत्रमा दैनिक प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले मंगलबारबाट कर्फ्यू जारी गरेको छ । रासस

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

अवधी कय हेरान बिरासत : आदिकवि कुकरिप्पा 

अवधी कय हेरान बिरासत : आदिकवि कुकरिप्पा 

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

चितवनमा बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु, आठ घाइते

गुल्मीको रिडी–वामीटक्सार सडक एकतर्फी सञ्चालनमा, कालीगण्डकी करिडोर अझै अवरुद्ध

गुल्मीको रिडी–वामीटक्सार सडक एकतर्फी सञ्चालनमा, कालीगण्डकी करिडोर अझै अवरुद्ध

लुम्बिनीमा विशेष कार्यक्रमसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

लुम्बिनीमा विशेष कार्यक्रमसहित अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२ महिना अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा

१९ घण्टा अगाडि
कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

कपिलवस्तु वडा नं. ११ मा दुई घरमा चोरी, लाखौंको धनमाल लुटियो

२१ घण्टा अगाडि
अवधी कय हेरान बिरासत : आदिकवि कुकरिप्पा 

अवधी कय हेरान बिरासत : आदिकवि कुकरिप्पा 

२२ घण्टा अगाडि
इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतको सशक्त शुरुवात

इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा भारतको सशक्त शुरुवात

१ दिन अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि