जनकपुरधाम : सर्लाहीमा पोखरीको डिलमा बसेर माछा मारेको हेरिरहेका एक युवकको डिलबाट खसेर पोखरीमा डुब्दा मृत्यु भएको छ ।
विष्णु गाउँपालिका ३ मधुवनगोठस्थित सार्वजनिक पोखरीमा माछा मारिरहेको दृश्य डिलमा बसेर हेरिरहेका गोडैता नगरपालिका २ बस्ने ३५ वर्षीष्य जयकरण मुखिया एक्कासी लडेर पोखरीमा डुबेका थिए ।
पोखरीमा डुबेर बेपत्ता भएका मुखियाको खोजी गर्ने क्रममा महाजालकै प्रयोग गर्नुपरेको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
पोखरीमा महाजाल हालेपछि बेपत्ता भएका उनको शव फेला परेको बुढाथोकीले बताए ।
मृतक मुखियाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !