जनकपुरधाम : सर्वोच्च अदालतको फैसला विरुद्ध जनकपुरमा केपी ओलि निकट युवासंघले प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतले सोमबार संसद पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशविरुद्ध जनकपुरको पीडारीचोकमा एमाले ओलि निकट युवा तथा विद्यार्थीहरुले टायरबालेर प्रदर्शन गरेका हुन् ।
केपी ओली पक्षमा नारा लगाउँदै उनीहरुले टायर बालेर सर्वोच्चको फैसालाविरुद्ध प्रदर्शन गरेका हुन् ।
यसअघि दिउँसो युवासंघले जकपुरमा प्रधानमन्त्री ओली आइलभ यु, दश वर्ष ओलीलाई सहितको नारा लगाउँदै मोटरसाइकल जुलुस प्रदर्शन गरेका थिए । त्यसको केहिबेर पश्चात सर्वोच्च अदालतले संसद पुनरस्थापना गरेको खबर पाएपछि निराश बनेका उनीहरु टायरबालेर प्रदर्शन गरेका हुन् ।
तपाईको प्रतिक्रिया !