जनकपुरधाम : नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन उपेन्द्र यादव पक्षधर जनता समाजवादी पार्टी (जसपा) ले बैठक बोलाएको छ ।
छलफलका लागि उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजे बोलाइएको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने चर्चा भए पनि अन्तिम टुंगो लागिसकेको छैन ।
सकेसम्म आजै जसपालाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाको छ ।
देउवाले आज अपराह्न प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् ।
सर्वोच्च अदालतले सोमबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
सरकारमा सहभागीताबारे निर्णय गर्न बिहानैदेखि कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु व्यस्त छन् ।
तपाईको प्रतिक्रिया !