देशमा आज बेलुकादेखि तमासा सुरु हुन्छ : केपी ओली

काठमाडौँ  : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशलाई खोपको अभाव नरहेको ओलीको दाबी छ।

आफ्नो कार्यकालमा प्राप्त भएका कोरोनाविरुद्धको खोपको फेहरिस्त सुनाएका उनले कतिपय खोप आइसकेको र कतिपय प्रक्रियामा रहेकाले कुनै अभाव नहुने बताएका हुन् ।

उनले आफ्नो कार्यकालमा खोपको व्यवस्था गरेपछि अब आज भोलिदेखि नै सरकारमा रहेकाहरूले आफैले खोपको व्यवस्था गरे जसरी तमासा हुनु गर्ने बताए ।
उनका अनुसार भारतबाट अनुदानमा ११ लाख जोड खोप प्राप्त भएको छ ।

यसैगरी चीनबाट ४० लाख डोज खोप खरिद गरेको उल्लेख गर्दै जसमध्ये ८ लाख डोज खोप नेपाल आइसकेको जानकारी दिए । उनले अरू ३२ लाख डोज खोप क्रमशः आउने पनि विश्वास व्यक्त गरे ।

उनले यसअघि नै चीनबाट १८ लाख डोज खोप प्राप्त भएको पनि जानकारी दिए । यस्तै चीनले नै १६ लाख डोज अनुदानमा दिने घोषणा गरेको पनि ओलीको भनाइ छ ।

मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले थप ६० लाख डोज खोप खरिद प्रक्रिया सुरु भइसकेको भन्दै ओलीले अमेरिकाबाट सोमबार मात्रै १५ लाख चानचुन डोज खोप नेपाल आएको बताए ।

जापानबाट १६ लाख खोप दिने घोषणा भएको उल्लेख गर्दै ओलीले कोभ्याक्स अन्तरगत ३ लाख ४८ हजार बढी डोज खोप आएको र ३ लाख ५० हजार डोज आउने क्रममा रहेको उनको भनाइ छ ।

यस्तै जोनसनको ५० लाख डोज, मोडर्नाको ४० लाख, फाइजरको ४० लाख र कोभिसिल्ड २० लाखसमेत गरी १ करोड ५० डोज खोप सुविधा मूल्यमा केही प्राप्त हुने क्रममा रहेको ओलीको भनाइ छ ।

बालबालिकालाई दिन मिल्ने खोप ६० लाख डोज खरिद प्रक्रियामा रहेको पनि ओलीको भनाइ छ ।

उनले भने, ‘हुन त मलाई थाहा छ, भरै बेलुका वा भोलि बिहानबाट सुरु हुनेछ–हामीले ल्याइदिएर लगाइरहेको खोप फोटो खिचेर अघिल्लो सरकार गयो हामीले खोप दिन थाल्यौ भनेर तमासा सुरु हुनेछ ।

जादु गरेर उनीहरूले आजै खोप ल्याएको हो कि जसरी प्रचार गर्नेछन् ।’

उनले आफूलाई प्रचारको प्रतिस्पर्धा गर्न मन नभएको भन्दै आफ्नो कार्यकालमा देश र जनताको लागि धेरै काम गरेको बताए ।

प्रतिक्रिया
संबन्धित समाचार