प्रदेश २ मा जागिरको सुवर्ण अवसर : लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग्यो

जनकपुरधाम : प्रदेश २ लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

अधिकृत स्तर (प्राविधिक अप्राविधिक) का लगि ठ्रलो संख्यामा आयोगले विज्ञापन निकालेको हो ।

खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन निकालिएको प्रदेश लोक सेवा आयोगले जनाएको छ ।

त्यसैगरि अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिकर अप्राविधिक), अधिकृत सातौँ (प्राविधिकरअप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरिएको छ ।

यसैगरी खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्नका लागि अधिकृत सातौँ तह प्रशासन सेवा (अप्राविधिक), प्राविधिक तर्फ तथ्याङ्क, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका सातौँ तहका अधिकृतको लागि विज्ञापन गरिएको छ ।

यस्तै खुला प्रतिस्पर्धामार्फत पूति गर्न प्राविधिकतर्फ स्वास्थ्य सेवाको अधिकृत आठौँ तह र अधिकृत सातौँ तहको लागि पनि विज्ञापन गरिएको छ ।

दरखास्त दिने अन्तिम म्याद साउन २० गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २७ गतेसम्म रहेको छ ।

परीक्षाको मिति पछि प्रकाशित गरिने बताइएको छ ।

विज्ञापन हेर्नुहोस : 

प्रतिक्रिया
संबन्धित समाचार