माओवादी नेता पाण्डेको हत्यामा संलग्न ११ जना अभियुक्तहरु कारागार चलान

माओवादी केन्द्रका नेता दिपक पाण्डेको हत्यामा संलग्न योजनाकार मृतकको श्रीमती महिमा पाण्डे लगाएत ११ जना आरोपि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

पाण्डेयको हत्या गर्ने र हतियार दिने गिरोहमा संलग्न ११ अभियुक्तलाई कपिलवस्तु जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको कपिलबसतुका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।

माओवादी नेता पाण्डेलाई जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरीमा गोली प्रहार पछि घाईते  पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाण्डौको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

पाण्डेय सहित तिन जना मोटरसाईकलमा सवार भई तौलिहवा फर्किदै गर्दा उनीहरु माथी गोली प्रहार भएको थियो ।

सो सम्बन्धमा प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले अनुसन्धानका क्रममा घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादव र उनले लुकाई राखेको पेस्तोल एक थान, सो को म्याग्जिन तथा ६८ राउण्ड गोली बरामद गरेको थियो ।

त्यसै गरि हत्यामा संलग्न कपिलवस्तु नगरपालिका २ बस्ने साकिर अलिपखिया र निजले प्रयोग गरेको कटुवा पेस्तोल र  गोली २ थान तथा कपिलवस्तु नगरपालिका वडा नम्बर २ घर भई वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र निजले घटना स्थलमा  प्रयोग गरेको स्वचालित पेस्तोल सो को म्याग्जिन तथा ८ राउण्ड गोली प्रहरीले बरामद गरेको हो ।

प्रहरीले साकिर अलिपखियाले हत्यामा प्रयोग गरेको कटुवा पेस्तोल आफ्नो घरमा लुकाउने कपिलवस्तु नगरपालिका १ का पुर्ण बिर पाल्पालीलाई समेत नियन्त्रणमा लिएको थियो ।

त्यस्तै प्रहरीले पाण्डेय हत्यामा आवश्यक पर्ने हतियार उपलब्ध गराएका र हतियार राख्न सहयोग पुर्याएका ६ जनालाई नै नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा आएका हतियार बेचबिखन र ओसारपसारमा संलग्न व्यक्तिहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका सद्दाम हुसेन खान, सोहि वडाको बरगदवाका प्रबिण गुप्ता, यशोधरा गाँउपालिका ४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिद टोलका नरसत अलि रहेका छन ।

घटनामा संलग्न व्यक्ति र हातहतियार खोज तलासका लागी प्रहरीले चलाएको “माईक व्हिस्की”अप्रेशनबाट उनिहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
संबन्धित समाचार