कपिलवस्तु १८ साउन
कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । प्लान्ट निर्माणको काम भइ सकेको र केही दिन मै प्लान्ट संचालनमा आउने अस्पतालका मेसु किशोर बन्जाडेले बताए । फेयर ट्रेड प्रालिले प्रतिस्पर्धा माफर्त १ करोड २८ लाखमा प्लान्ट निर्माणको काम पाएको थियो ।
गत असार ८ गते कामको संर्झौता भई असार मसान्त सम्म काम सकाउने समयसिमा दिइएकोमा केही प्राबिधिक कारणले समयमा हुन नसकेको मेसु बन्जडाले बताए । ठेकेदार कम्पनीले सो मेशीन जडान जिसि जिसि रिसर्च एन्ड डेभ्लपमेन्टलाई जिम्मा दिएको थियो । सो कम्पनीका ईन्जीनयिर देबेन्द्र श्रेष्ठले जडानको काम सकिएको बताए । प्लान्टको पाईपमा केही समस्या देखिएको र त्यो फेर्ने बित्तिकै प्लान्ट संचालनमा आउने उनले बताए ।
चाईनाबाट ल्याइएको सो प्लान्टले प्रति मिनेट ४ सय १६ लिटर अक्सिन उत्पादन गर्ने श्रैष्ठले बताए । प्लान्टमा ट्रान्सफर्मर, कम्पे्रशर, फिलिङ ड्रायर, एडप्सन ड्रायर, फिल्टर, सेप्रेशन सिस्टम, गेस बफर टेङक स्टेरिलाईजीङ फिल्टर रहेको श्रेष्ठले बताए । ‘ अब केही दिन मै प्लान्ट संचालनमा आउदैछ ’ मेसु बन्जाडले भने ‘ अब जिल्ला मै अक्सिजनको अभाव हुदैन ’ ।
अस्पतालमा सय भन्दा बढी सिलिन्डर समेत छन । कोरानाको दोश्रो लहरमा गत जेडमा अक्सिजनको चरम अभाव हुदा उपचारमा निकै समस्या आएको थियो । तेश्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने बन्जाडले दाबी गरे । प्लान्टको लागि संघीय सरकारले कपिलवस्तु अस्पताललाई ढेड करोड रकम छुट्टाएको थियो ।
तपाईको प्रतिक्रिया !