बुटवल – लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेसँगै नेकपा माओवादी र कांग्रेसबीच नेतृत्वको विषयमा सैद्धान्तिक सहमति भएको छ । संसदीय दलका नेता वीरेन्द्र कनौडियाले मुख्यमन्त्रीको विषयमा आलोपालो गर्ने सहमति भएको बताए । उनले अन्य मन्त्रालयको बाँडफाँटको विषयमा कुनै कुरा नभएको पनि जानकारी दिए ।
‘साझेदारीको विषयमा कुनै पनि मन्त्रालयको बाँडफाँटको विषयमा कुरा भएको छैन । आलोपालो गर्ने सैद्धान्तिक सहमति भएको छ,’ उनले भने, ‘माओवादीको जनयुद्ध दिवस फागुन २ हो । २ गतेसम्म कुल प्रसाद केसी मुख्यमन्त्री हुनुहुन्छ । फागुन ३ गतेदेखि मेरो कार्यकाल हुन्छ ।’ उनले अन्य पावर सेयरिङका विषयमा आज साँझदेखि छलफल सुरु हुने पनि बताए ।
तपाईको प्रतिक्रिया !