काठमाडौं । कक्षा १२ को बार्षिक परीक्षा आजबाट सुरु हुँदैछ । कोरोना भाइरस संक्रमण फैलिएसँगै रोकिएको परीक्षा आजबाट सुरु हुन लागेको हो ।
परीक्षा असोज ८ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । परीक्षाका लागि आवश्यक तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
सबै विद्यार्थीहरुलाई कोरोनाबिद्धको खोप दिइसकिएकाले अब परीक्षाका लागि अनुकुल वातावरण बनेको विज्ञहरुले पनि बताएका छन् । यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डले गरेको थियो । तर कोरोना महामारी बढेसँगै परीक्षा रोकिएको थियो ।
आजबाट सुरु हुने कक्षा १२ को यो परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने हुँदैछन् । विद्यार्थीहरुलाई आफुले नै अध्यायन गरेको विद्यालयमा परीक्षा दिने व्यवस्था मिलाइएको छ । शैक्षिक सत्र खेर नजाओस् भन्ने उदेश्यका साथ परीक्षाको नतिजा आगामी मंसिरसम्ममै प्रकाशन गरिसक्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।
तपाईको प्रतिक्रिया !