नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बजेट प्रतिस्थापन विधेयक पारित गर्न नसक्ने सरकारले आफ्नो नालायकी ढाकछोप गर्न नेकपा एमालेलाई दोष देखाउने कोशिश भएको आरोप लगाएका छन् । एमाले सरकारले ल्याएको बजेटका विकास र पूर्वाधारका कार्यक्रम हटाएर वर्तमान सरकारले जनविरोधी काम गरेको उनको आरोप थियो ।
रुपन्देहीमा एमाले अगुवा कार्यकर्ता भेलालाई बुधवार बुटवलमा सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पौडेलले जनताले समर्थन गरेको बजेट प्रतिस्थापनको नाममा सरकारी खर्च रोकिने अवस्था सिर्जना गरेको बताएका हुन् ।
‘हामीले प्रस्तुत गरेको र आमजनताले समर्थन गरेका त्यो बजेट कार्यान्वयन गर्ने होइन, विस्थापन गर्ने नाममा सरकारले नालायकी देखाएको छ । जनताका पक्षमा गरिएका निर्णय, विकास र पूर्वाधारका आयोजना रद्ध गरेर प्रतिस्थापन विधेयक ल्याइएको छ,’ पौडेलले भने, ‘प्रतिस्थापन विधेयक पारित भएन भने खर्च हुने अवस्था छ । सरकारले आफ्नो कमजोरी लुकाउन दोष प्रतिपक्षमाथि सोझ्याउने कोशिश गर्दैछ ।’
सरकार जनता र राष्ट्रको विरुद्धमा काम गरिरहेको आरोप लगाउँदै पौडेलले जनताको विश्वास जितेर फेरि सरकारमा आउने दाबी गरे ।
माधव नेपाललाई एक सिट जित्न चुनौती
उपमहासचिव पौडेलले पार्टी केन्द्र र संसदीय दलमा झण्डै आधा हिस्सा छुट्टिएर गएको मालेले देशभरमा एक सिट जित्न नसकेको उदाहरण दिँदै आगामी निर्वाचनमा एक सिट जित्न माधव नेपाललाई चुनौती दिए ।
‘२०५४ सालमा एमाले विभाजित हुँदा केन्द्र महाकाली सन्धी जस्तो एजेण्डा थियो, संसदीय दल र केन्द्रीय समितिमा आधा थियो, मालेले देशभरीमा १ सिट जित्न सकेन,’ पौडेलले भने, ‘अहिले विचारविना केबल स्वार्थका कारण विभाजित भएको झुण्डले देशमा एक सिट जित्ने सम्भावना छ रु कतै जमानत जोगाउने अवस्था छ ।
तपाईको प्रतिक्रिया !