देउवा सरकारले ब्यूँतायो सुकुम्बासी आयोग, अध्यक्षमा निरौला नियुक्त

सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्ष नियुक्त गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।

सरकारले कार्यकालको सुरुआतमै देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी आयोग विघटन गरेको थियो ।

प्रतिक्रिया
संबन्धित समाचार