सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ताबाट निष्कर्ष ननिस्किएपछि देउवा प्रमुख प्रतिपक्षीसँग वार्ताका लागि बालकोट पुगेका हुन् ।
सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्ताबाट निष्कर्ष ननिस्किएपछि देउवा प्रमुख प्रतिपक्षीसँग वार्ताका लागि बालकोट पुगेका हुन्।
बैठक बिना कुनै निष्कर्ष टुंगिएको छ। बालकोटमा पनि ओलीले पुरानै अडान दोहोर्याएको कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ९सरकारका प्रवक्ता० ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
‘प्रमले एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव गर्नुभएको छ। प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओलीले पुरानै कुरा गर्नुभएको छ, हामीलाई संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुस्। त्यसपछि हामी निर्णय गर्छौं भन्नुभयो,’ कार्कीले भने।
छलफलका क्रममा ओलीले लोकतान्त्रिक मूल्य मान्यताका लागि आफूहरु ९कांग्रेस–एमाले० एक ठाउँ उभिनुपर्ने प्रस्ताव गरेको कार्कीको भनाइ छ।
छलफलमा दुई नेताबीच धेरै ठुलो संघर्ष गरेर प्राप्त गरेका लोकतन्त्र, बचाउन प्रजातान्त्रिक शक्ति एक ठाउमा आउन जरुरी रहेकोमा ओलीले जोड दिएका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले अधिकतम सहमतिका साथ एमसीसी संसदबाट अनुमोदन गरेर राष्ट्रिय महत्वका विषयमा एक ठाउँ छौ भनेर सन्देश दिन जरुरी रहेको बताएका थिए ।
अबको दुई दिनमा अमेरिकी सहायता परियोजना एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले ओलीसँग सहमतिमा सम्भावित खाका तय गर्नका लागि पहिले नै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाएका थिए।
देउवासहित एमालेसँग वार्ताका लागि सञ्चारमन्त्री कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि सहभागी रहेका थिए ।
त्यस्तै एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी थिए। कार्कीले देउवाभन्दा आधा घण्टाअघि बालकोट पुगेर ओली र एमालेका अन्य शीर्ष नेताहरुसँग संवाद गरेका थिए।
बिहीबार भएको एमाले र कांग्रेस नेतृत्वको दुई चरणको वार्तामा राष्ट्रपतिको प्रसंग निस्किएको थियो। ओलीसहित एमाले नेताहरूसँगको वार्तामा देउवाले एमसीसी पारितका राष्ट्रपति विद्यादेवी भण्डारीको रोहबरमा सहमति गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ।
तर बिहीबारका दुई चरणका वार्ता सफल नभएपछि देउवाले शुक्रबार सत्तारुढ गठबन्धनकै दुई नेतासँग बालुवाटारमा वार्ता गरेका थिए।
शुक्रबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग वार्ता गरेका देउवाले अपरान्ह माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गरेका थिए। दुई नेताबीचको कुराकानीका क्रममा माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी थिए।
एमसीसीलाई निर्णायक रुपमा संसदबाट पास गर्ने तयारीमा रहेका देउवा गठबन्धनकै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले विपक्षमा मत दिने निर्णय गरेपछि समस्यामा छन्। शुक्रबारको कोसिसमा पनि गठबन्धनमा सहमति नभएपछि देउवाले फेरि एमालेसँग संवाद अघि बढाएका हुन्।
वार्तामा एमालेले एमसीसीमा कांग्रेसलाई साथ दिन सकिने तर सभामुख हटाउनुपर्ने, माधव नेपालसहितका १४ सांसदको पद खारेज हुनुपर्ने र गठबन्धन भत्किनुपर्ने सर्त राखेका थिए।
तपाईको प्रतिक्रिया !