कपिलबस्तु, ५ फागुन
कपिलवस्तुको महाराजगंज नगरपालिकामा तेश्रो राष्ट्रपािन रनिङ शील्ड र मेयर कप सुरु भएको छ । जानकी मा.बि को खेल मैदानमा सो प्रतियोगिता शूरु गरिएको हो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुद ।” भन्ने नारा सहित बिहिबार प्रतियोगिता शुरु गरिएको हो ।
नगरको बार्षिक कार्यक्रम अन्तगर्त शुरु भएको प्रतियोगिताको नगर प्रमुख अब्दुल कलाम खाँले गरेका हुन । प्रतियोगिताले नगरका खेलाडीको प्रतिभा प्रष्फुटनमा सहयोग पुर्याउनेमा प्रमुख खाँले बताए । उनले नगरपालिकाले खेल क्षेत्रको विकासकालागि प्रयास गरेको बताए ।
सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले नगरले बिद्यार्थीलाई खेल सँग जोड्न र तिनका प्रतिभालाई प्रष्फुटन गर्ने कार्य गरेको बताए । उनले वडा वडाबाटै खेल गतिबिधी गर्नु बताए । प्रतियोगितालाई अनुसाशित र मर्यादित तवरले सञ्चालन गर्ने कार्यमा सबैको सहयोग आवश्यक रहेको नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख रेश्मीराज अर्यालले बताए। । प्रतियोगितामा १२ बिद्यालयका खेलाडीले २५ खेलमा प्रतिश्पर्धा गर्ने जनाईएको छ ।
नगर खेल समितीका सदस्य शिव प्रसाद गैह्रेको सञ्चालनमा सम्पन्न उदघाटन कार्यक्रममा उपप्रमुख शुभावति कुर्मी, शिक्षा अधिकृत रोशन घिमिरे, प्रशिक्षक राजेश शाक्य, जानकी माबिका प्रअ कृष्ण प्रसाद चौधरी, वडा नम्बर ८ का अध्यक्ष योगेन्द्र केसी लगायतले सम्बोधन गरको थिए । प्रतियोगीता फागुन २८ गते सम्म चल्नेछ ।
तपाईको प्रतिक्रिया !