नवलपरासी , २७ फाल्गुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावलकाे खेल मैदानमा चाैथाे सरावल अध्यक्षकप फुटवल प्रतियोगिता सुरु भएको छ ।
सरावल गाउँपालिकाकाे आयोजना एवम् सरावल खेलकुद संस्थाको सहजिकरणमा “स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद” भन्ने मूल नाराका साथ संस्थाको अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यताम बिहिवार देखि प्रतियोगिता सुरु भएको हाे । चाैथाे सरावल अध्यक्षकप फुटवल प्रतियोगितामा पालिका अध्यक्ष चाैधरीले सरावल गाँउपालीकाले खेलकुदलाई पनि विकासको एउटा पाटोको रुपमा मानेर लगानी गरिरहेको बताउनुभयो । खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए गाउँपाकिलाको मात्रै नभई समग्र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएकाे थियाे । यस्ता प्रतियोगिताले पछिल्लो पटक दुर्ब्यसनिमा फसेका युवाहरुलाई पनि सहि बाटो देखाउन सघाउ पुग्ने र स्वास्थ्यमा पनि खेलकुदको सकारात्मक असर हुने भएकाले गाउँपालीकाले लगानी गरेर खेलकुद तथा खेलाडी बिकासमा सरावल गाउँपालसकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयाेग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे। फुटबल उदघाटन समारोहमा उपाध्यक्ष उत्तमा राय ,प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली ,नेपाली काङ्ग्रेस उपसभापति अनिल गाैड,वडा नम्बर १ का अध्यक्ष भेष नरायण चौधरी ,२ का अध्यक्ष सम्भुप्रसाद चौधरी ,कार्यपालिका सदस्य छिमा सिंह राय ,चन्दा चाैधरी, समाजसेवी बिनाेद पाण्डेय , सुखाडी प्रसाद चाैधरी , इन्द्र बहादुर चाैधरी , हरिलाल यादव , रामानन्द हरिजन , राष्ट्रिय दैनिकककाे कार्यकारी निर्देशक एव प्रेस युनियन जिल्ला उपाध्यक्ष उमेश कुमार बि.क लगाएतले खेल स्वास्थ्यकाे लागि लाभदायक हुनुकाे साथै यसले संगठित गर्न र युवाहरूलाई विभिन्न राेग तथा लागुपदार्थबाट बचाउन ठुलाे मद्दत गरेको कुरामा जाेड दिइएका थिए। प्रतियोगिता प्रथम हुनेलाई ५१ हजार मेडल कप प्रमाणपत्र ड्रेस प्रदान गरिने छ । त्यस्तै द्वितिय हुनेलाई २१ हजार , तृतीय हुनेलाई १५ हजार र सान्त्वना स्वरुप ५ हजार मेडल कप प्रमाणपत्र ड्रेस प्रदान गरिने सचिव दिपक क्षेत्रीले जानकारी दिनुभएको हाे।
तपाईको प्रतिक्रिया !