सुकई कोहार
लुम्बिनी(रुपन्देही)। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ बलरामपुरस्थित श्री बलरामपुर माध्यमिक विद्यालयका कक्षा २, ३ र ४ मा अध्ययनरत एक सय विद्यार्थीलाई झोला वितरण गरिएको छ।

क्रसफ्लो नेपाल लुम्बिनीले विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले झोला वितरण कार्यक्रम आयोजना गरेको हो। झोलामा विद्यार्थीले किताब, कापी तथा आवश्यक शैक्षिक सामग्री राख्न सहज हुने जनाइएको छ।

कार्यक्रममा क्रसफ्लो नेपाल लुम्बिनीका प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो।

क्रसफ्लो नेपाल लुम्बिनीका कार्यक्रम अधिकृत ९बि।प्र।आ।० दीपेन्द्रकुमार त्रिपाठीले विद्यार्थीलाई अध्ययनका लागि आवश्यक सामग्री व्यवस्थित रूपमा राख्न सहज होस् भन्ने उद्देश्यले झोला वितरण गरिएको बताउनुभयो।

उहाँले शैक्षिक सामग्रीको अभावमा विद्यार्थीको पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालयसँगको सहकार्यमा कार्यक्रम गरिएको जानकारी दिनुभयो।