कपिलवस्तु ३० चैत
नव जीवन कपिलवस्तुको आयोजनामा लैगीक अभिमुखीकरण तथा सरोकारवालाको बैठक तौलिहवामा संपन्न गरिएको छ । कार्यक्रममा तेश्रो लिङ्गीहरु प्रति अझै पनि समाजमा भेदभाव रहेको सहभागीहरुले गुनासो गरे । तेश्रो लिङ्गीहरु प्रति घर देखि समाजले हेर्ने दृष्किोण फरक रहेको उनीहरुले बताए ।
उनीहरुले आफुहरुलाई समाजमा होच्चाएर अनेका नामबाट बोलाउने र बिभेद गर्ने गरेको बताए । तेश्री लिङ्गी अगुवा नेता प्रेणना बिष्ठले अझै पनि समाजमा सोच बिचारमा परिवर्तन नआएको बताए । उनले स्वास्थ्य क्षेत्रमा समेत तेश्रो लिङ्गी प्रति बिभेद गर्ने गरिएको बताए ।
तेश्रो लिङ्गी भएको थाहा पाए पछि स्वास्थ्यकर्मीहरुले पनि उपचार गर्न अनेक बाहाना बनाउने गरेको उनले बताए । समाजमा रहेको यस्ता खाले बिभेदका अन्त्य हुनु पर्ने उनले माग गरे । कार्यक्रममा प्रेरणा बिस्ट र सुशिला बल्बासेले र्लैगीक बिभेदका बिषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडे, डाक्टर जाबेद अख्तर, स्वास्थ्य कार्यालयका क्षयकुष्ट अधिकृत माहोम्द ईरफान, आशा थापा लगायतको सहभागीता थियो । कार्यक्रममा स्वास्थ्यकर्मीहरुले तेश्रो लिङ्गीहरुको उपचारमा कसैले पनि बिभेद गर्न नहुनेमा जोड दिए । उनीहरुले सबै नागरिकहरुले सहज तरिकाले उपचार पाउनु उनीहरुको अधिकार रहेको बताए ।
तपाईको प्रतिक्रिया !