सरकारले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने बताएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मं‌गलबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने बताएकी हुन्।

त्यस्तै, हराएका पुरातात्विक सम्पदाहरू फिर्ता ल्याउन समेत पहल गर्ने उनले बताएकी छन्।