गएराती कपिलवस्तुमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।
मंगलबार राति शिवराज नगरपालिका–६ पिपरी निवासी ७ वर्षीय रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको हो। सोही ठाउँमा पानी परिरहेका बेला पिपलको रुखमुनि ओत लागेका बेला अवस्थामा एक्कासी चट्याङ पर्दा गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै चट्याङ लागेर घाइते भएका ३० वर्षीय नुर महमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
तपाईको प्रतिक्रिया !