सरकारले काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने गरी द्रुतमार्ग बनाउने कार्यक्रम बजेटमा समावेश गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै चन्द्रागिरी, चित्लाङ, पालुङ हुँदै चितवन पुग्ने गरी द्रुत मार्ग बनाउने योजना प्रस्तुत गरेका हुन् ।
यो द्रुत मार्ग पहिलो चरणमा विकास गरिने पनि शर्माले बताए ।
यसअघि काठमाडौंबाट धादिङ हुँदै चितवन जाने गरिएकोमा अब मकवानपुर हुँदै चितवन पुग्ने बाटो खोल्ने योजना अगाडि सारिएको हो ।
तपाईको प्रतिक्रिया !