श्रीमानको नक्कली नागरिकता पेश गरी नागरिता बनाउन खोज्ने आमा छोरा पक्राउ
कपिलवस्तु जेठ २६
आफनो श्रीमानले बनाएको नक्कली नागरिकता पेश गरी छोराको नागरिता बनाउन खोजेको आरोपमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा आमा छोरा पक्राउ परेका छन । आफना श्रीमान रियाजुद्दीन खाले बनाएको नक्कली नागरिता सहीत जिल्ला प्रशासन कार्यालयमा कपिलवस्तुको शुद्धोधन गाउपालिका– ५ की अबराईन मुसलमानले छोरा जाबेद खा मुसलमानको नागरिकताका लागि बिहीवार कागजातहरु पेश गेरेकी थिईन ।
छानबिन र अनुसंधान गर्दा रियाजुद्दीनको नागरिकता नै नक्कली भेटिए पछि अबरईन र जोबदलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । रियाजुद्दीन खाको नागरिता रुपेन्दहीबाट जारी गरिएको नक्कली नागरिकता प्रमाण पत्रमा देखाइएको छ । रियाजुद्दीनको नागरिकताको बिवरण रुपन्देही प्रशासन कार्यालयसंग माग गर्दा सो नामको कुनै नागरिकता नभेटिएको सहायक प्रजिअ पौडेलले बताए ।
‘ हेर्दा नै नक्कली नागरिकता जस्तो देखिएको, रुपन्देहीमा कुनै विबरण समेत नरहेको र लोगो समते नक्कली भेटाएको थियौ ’ पौडेले भने । उता २०६१ सालमा अबराईनले बिवाह गरेको प्रमाण पत्र पेश गरेकी थिईन । तर उनले २०६३ सालमा आफु अबिवाहीत भनेर नागरिकताको प्रमाण लिएको भेटिएको पौडेलले बताए ।
झुठो बिवरण पेश गेर नागरिकता बनाउन खोजको आरोपमा नियन्त्रणमा लिएका आमा छोरालाई नै प्रतिबेदन सहीत जिल्ला प्रहरी कार्यालयमा बुझाइएको पौडेलले बताए । झुठो बिवरण दिई किर्ते नागकिरता बनाउन खोजको दुबैमाथी नागरिता ऐन र नियमाली अनुसार कारबाही प्रकृया चलाईने प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













