तौलिहवा। कपिलबस्तुको तौलिहवामा शुलभ कर्जा सम्बन्धि अन्र्तक्रिया गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा बैंक, वित्तिय संस्था, विमा कम्पनी, कृषक समुह कार्मचारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा व्याजमा अनुदान सम्बन्धि कार्यविधि माथि छलफल, प्रदेश स्तरमा हलसम्म शुलभ कर्जामा अबद्ध आयोजनाहरुको विवरण, कपिलबस्तुमा शुलभ कर्जामा हबद्ध कृषक र आयोजनाहरुको विवरण प्रस्तुति, कर्जा प्रवाहमा आइपरेका समस्या, अवसर, चुनौति लगायत विषयमा छलफल गरिएको थियो ।
कार्यक्रम भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुको आयोजनामा भएको हो । कार्यक्रम दुर्गा प्रसादखनालको अध्यक्षता र कर्जा सहजकर्ता रेणु यादवको सञ्चालनमा भएको हो ।
तपाईको प्रतिक्रिया !