कपिलवस्तु ६ असार
कपिलवस्तुको तौलिहवा स्थित जीर्ण एवं अलपत्र अवस्थामा रहेको कृषि बैक देखि महिता सम्मको बाटो तत्कालै निर्माण गर्नु पर्ने कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले माग गरेका छन । तौलिहवामा हुलाकी लगायत अन्य स्थानमा रहेका बाटो निर्माणको अन्तिम चरणमा पुगेका बेला कृषि देखि महिता सम्मको १४ सय मिटर लामो बाटो जीर्ण बन्द यात्रुहरुलाई हिडन निकै कठिनाई भएको भन्दै वडाध्यक्ष गैरले सो बाटो तत्कालै निर्माण गरिनु पर्ने माग गरेका हुन ।
सडकको दाया बाया गरी २० मिटर चौडा रहने सो बाटो जीर्ण हुदा हिडनै मुस्किल हुने उनले बताए । ‘ बाटो निर्माण अलपत्र हुदा सो सडकको ठाउ ठाउमा ठुला ठुला खाल्टा खुल्टी बनेको छन, दुर्घटना समते बढेको छ तर सम्बन्धित निकायले यसमा कुनै ध्यान दिएको छैन ’ उनले भने ‘ पटक पटक ध्यानाकष्र्ण गराउदा समेत कुनै सुनुवाई भएको छैन ’ उनले भने । आन्दोलन र चक्काजाम नगरे सम्म बाटो निर्माण हुने कुनै छाट नदेखिएको उनले गुनासो गरे ।
संघीय आयोजना कर्यान्वय ईकाई भैरहवाले सो सो सडक निर्माणकालागि संतोषी निर्माण कम्पनीलाई जिम्मा दिएको छ तर भेरिफिकेसन अर्डर स्विकृत नहृदा ठेकेदार कम्पनीले बिच मै सो बाटो निर्माण रोकेको छ । ठकेदार कम्पनीले नाला निर्माण गरीरहेको बेला नै भेरिफिकेशन अर्डर नआएको भन्दै काम एक बर्ष अघि देखि रोकेको छ । बाटोमा ठूल्ठुला खाल्टा खुल्टी छन । सामान्य बर्षा हुदा बाटामो पानी जम्छ । घाम लागेको बेला धुलोले गर्दा सो बाटो हिडनै मुस्किल पर्छ ।
सो बटोमा १२ देखि २० चक्के सम्म ट्रक र टिप्पर चल्ने गरकोले बाटो ध्वस्त बनेको छ । २० मिटर चौडा सडकका सडको दाया बाया साढे सात साढे सात मिटरको अक्सफाल्ड कंक्रीड प्रबिधिले पक्की सडक बन्ने योजना छ । बिचमा मेडियन र सडको दुबै किनमार नाला र फुटपात समेत रहने गरी सकड निर्माण योजना रहेको कपिलवस्तु नगरपालिकाका ईन्जीनीयर राजेश सैनीले बताए ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल आफुले सो सडक चाडै निर्माण गर्नका लागि संबन्धित निकायमा ध्यानकषर्ण गराएको बताए । उनले बजेट र भेरिभिकेशन अर्डर चाडै स्विकृति हुने चरण्मा रहेको उनले बताए । ‘अब सो सडक निर्माण कार्य चाडै सुरु हुन्छ ’ उनले भने ।
धानको रोपाई सूरु हुने बेलामा समेत रसायसनिक मलको चरम अभावले कृषकहरु मारमा परेका भन्दै वडाध्यक्ष गैरेले कृषकहरुलाई रसायनिक मल चाडो उपलब्ध गराउन सरकारसंग माग गरेका छन ।
यस्तै सदरमुकाम तौलिहवामा अनियन्त्रितरुपमा टिप्पपर ट्रक चलाईनाले दुर्घटना बढको भन्दै सो कार्यको नियन्त्रका लागि चाडै पहल गर्नुपर्ने माग गरेका छन । बाटामो टिप्पर तीब्र गतिमा चलाईदा दुर्घटना बढेको र मानिसले अकालमा ज्यान समेत गुमाउनु परेकोले प्रहरी प्रशासनले यसमा पहल गर्नु पर्ने उनले माग गरे ।
तपाईको प्रतिक्रिया !