कपिलबस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जनताको मनोविज्ञानलाई बुझेर काम गर्ने बताउनुभएको छ । उहाँले यसअघिको कार्यकालका अधुरा कामहरुलाई पूरा गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा जोड दिने बताउनुभयो ।
नगर प्रमुख शाहले भन्नुभयो्, कृष्णनगर नगरको समग्र विकासमा दत्तचित्त भएर लाग्छु । यसअघिको कार्यकालका अधुरा कामहरुलाई पूरा गर्न लागि पर्छु । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर व्यवस्थापनमा जोड दिन्छु ।’
तपाईको प्रतिक्रिया !