दानबहादुर तामाङ दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त
काठमाडौं, साउन ४ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले दानबहादुर तामाङलाई दक्षिण अफ्रिकाका लागि नेपालको अवासीय राजदूत नियुक्त गर्नुभएको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई राष्ट्रपति भण्डारीले बुधबार गणतन्त्र दक्षिण अफ्रिकाको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो।
आचार्यले बुधबार सार्वजनिक गर्नुभएको विज्ञप्तिमा तामाङलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम आवासीय राजदूत नियुक्त गरिएको उल्लेख छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













