२९ भदौ, कपिलवस्तु।
“बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मूल नाराका साथ आज ५८औं राष्ट्रिय बाल दिवस मनाइदैछ ।
बाल दिवसको अवसरमा विभिन्न संघ संस्थाले फरक-फरक कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर सन्देश/जनचेतना मुलक कार्यक्रमको आयोजना गरेका छन्।
शिवराज नगरपालिका वडा नम्बर ८ मा अवस्थित जनचेतना सामुदायिक माध्यमिक विद्यालय लक्ष्मणपुरमा दिवसको अवसरमा बिद्यार्थीहरु द्वारा जनचेतना मुलक नाटक प्रस्तुत गरेको छन। नाटक ‘बाल बिवाह कानूनी अपराध हो ‘भन्ने विषयमा आधारित थियो। बाल बिवाहले कसरी समाज र व्यक्तित्व विकासमा समास्या निम्त्याउने गर्दछ। बाल बिवाह गर्नु कानूनी अपराध हो र कसरी कानुनी सजाय पाउने गर्दछन्, जस्ता पक्षको चित्रण गरिएको छ। बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
तपाईको प्रतिक्रिया !