जनचेतना माध्यमिक विद्यालयका बिद्यार्थी द्वारा “बाल बिवाह कानुनी अपराध हो” भन्ने बिषयकमा नाटक प्रदर्शन

२९ भदौ, कपिलवस्तु।

“बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मूल नाराका साथ आज ५८औं राष्ट्रिय बाल दिवस मनाइदैछ ।

बाल दिवसको अवसरमा विभिन्न संघ संस्थाले फरक-फरक कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर सन्देश/जनचेतना मुलक कार्यक्रमको आयोजना गरेका छन्।

शिवराज नगरपालिका वडा नम्बर ८ मा अवस्थित जनचेतना सामुदायिक माध्यमिक विद्यालय लक्ष्मणपुरमा  दिवसको अवसरमा बिद्यार्थीहरु द्वारा जनचेतना मुलक नाटक प्रस्तुत गरेको छन। नाटक ‘बाल बिवाह कानूनी अपराध हो ‘भन्ने विषयमा आधारित थियो। बाल बिवाहले कसरी समाज र व्यक्तित्व विकासमा समास्या निम्त्याउने गर्दछ। बाल बिवाह गर्नु कानूनी अपराध हो र कसरी कानुनी सजाय पाउने गर्दछन्, जस्ता पक्षको चित्रण गरिएको छ। बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया
संबन्धित समाचार