संविधान दिवस मनाउन स्थानीय तहलाई परिपत्र
काठमाडौँ, भदौ ३० गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संविधान दिवस तीन दिनसम्म मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ। असोज ३ गते मनाइने संविधान दिवसलाई असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी मनाउन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो।
स्थानीय पालिकास्थित सबै सरकारी कार्यालयहरूले राष्ट्रिय झन्डा एवं संविधान दिवसको ब्यानर सजाई कार्यालय परिसर सरसफाइ गर्ने, पालिकावासी सबैलाई आ–आफ्नो घर, टोल र सार्वजनिक स्थल सरसफाइ गर्न अनुरोध गर्ने, सबै पालिकावासीले सार्वजनिक स्थल र घरघरमा साँझ दीपावली गर्न मन्त्रालयले बुधबार परिपत्र गरेको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













