गोरुसिंगे–सन्धिखर्क सडक खुल्याे

फाइल तस्बिर

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ नरपानीमा पहिरो गएपछि बिहानदेखि बन्द रहेकाे गोरुसिंगे–सन्धिखर्क सडक खुलेकाे छ ।

नरपानीको घुम्ती नजिकै सडक माथिबाट पहिरो खसेपछि गोरुसिंगे–सन्धिखर्क सडक बन्द भएकाेमा अहिले खुलेकाे वडाध्यक्ष श्रीधर महत्राले जानकारी दिनुभयाे । सडक खुलेपछि बीच बाटोमै रोकिएका गाडीहरू गन्तव्यतिर लागेका छन् ।

प्रतिक्रिया
संबन्धित समाचार