तौलिहवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि कपिलबस्तु सहित देशभर म्यादी प्रहरी छनौटका लागि भर्ना प्रक्रिया शुरु गरिएको छ । विहिबारबाट शुरु भएको भर्ना प्रक्रिया आज सम्म एक हजार २ सय ३७ जनाको आबेदन दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताउनुभयो । सो मध्ये ९ सय ४ जना पुरुष र ३ सय ३३ जना महिला रहेका छन् ।
उहाँले भन्नुभयो अहिले कुन जिल्लाको लागि कति संख्या चहिने हो त्यो ऐकिन नाभएको बताउनुभयो । अहिले छिट्टै मतदान स्थाल र मतदान केन्द्र एकिन भएपछि कति संख्या चहिने भन्ने उहाँले बताउनुभयो ।
म्यादी प्रहरी बन्नका लागि देशका ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट इच्छुकले आउँदो असोज ६ गतेसम्म दरखास्त दिन सक्नेछन् । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनोट शाखाले गएको आइतवार म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड–२०७९ अनुसार १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको थियोे ।
दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म आवेदक १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको हुनुपर्ने उल्लेख छ । असोज ७ गते सम्पर्क मिति रहेको छ । कार्यअवधि ४० दिन तोकिएको छ । म्यादी प्रहरीले न्यूनतम सेवासुविधा ३४ हजार ७ सय ६० रुपैयाँ पाउनेछन् ।
तपाईको प्रतिक्रिया !