Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

परिवारको सुख, शान्ति र दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै


परिवारको सुख, शान्ति र दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

नवलपुर। थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ । सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् ।

उनीहरुले भाद्र कृष्ण अष्टमी (आज)को दिनमा जितिया मनाउँछन् । थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताउनुभयो । उहाँले अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।

हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको उहाँको भनाइ छ । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन रहेको छ । यस्तै जितियामा कोसेली (पहुरा) पु¥याउने चलन पनि छ ।

सप्तमीको दिनमा दर खाएपछि अष्टमीको दिनमा महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ दिनभर पानी पनि नखाइ (निराहर) ‘उपास’ व्रत बस्ने मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो । बर्तालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै बर्तालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहँदै आएको उहाँको भनाइ छ ।

भाद्र अष्टमी अर्थात् जितियाको मुख्य दिनमा रुखको चारैतिर बर्तालु महिला फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्ने उपप्रमुख चौधरीको भनाइ छ । विगतका वर्षमा गाउँको कुनै एक भद्र पुरुषले जीतवाहनको कथा (जितिया व्रत कथा) घण्टौँ लगाएर सुनाउने गर्ने प्रचलन रहेको भए पनि विस्तारै त्यो परम्परा हराउँदै गएको जनाइएको छ । कथा सकिएपछि सबै जना घर गएर फराहर (फलफूल तथा मिठो चोखो खाने) गर्थे ।

जितियाको तेस्रो तथा अन्तिम दिन नवमीमा सबेरै सबै बर्तालु महिला खोलामा नुहाएर निराकार प्रतिमूर्ति ( ‘गरग्वाङ’ ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि बर्तालुले दही चिउरा, केरालगायतका खानेकुरा खान बस्छन् । तर खानुभन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ ।

यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ । हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीजजस्तै थारू समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका नगरउपप्रमुख चौधरीले बताउनुभयो । पछिल्लो समय जितिया पर्वको रौनकता हराउँदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

“पुरानो पुस्ताले मनाउने गरेको जसरी अहिले जितिया मनाउने प्रचलन हराउँदै गएको छ”, उपप्रमुख चौधरीले भन्नुभयो, “यो पर्वको संरक्षणमा सम्पूर्ण थारू समुदायसहित सरकारले पनि चासो दिनुपर्छ ।” पछिल्ला दिनहरूमा जितिया पर्वमा विकृति भित्रिँदै पार्टीप्यालेसमा मनाउने प्रचलनसमेत बढ्दै गएको उहाँले बताउनुभयो ।

सार्वजनिक बिदा

जितियाका अवसरमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ ।

मध्यविन्दु , कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइने भएको हो । ती पालिकाले छुट्टछुट्टै सूचना जारी गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक संस्थामा बिदा दिइएको जनाएका छन् । नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ ।

थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन् । जितियामा खासगरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२ हप्ता अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

५ घण्टा अगाडि
२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० घण्टा अगाडि
लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

२ दिन अगाडि
बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

२ दिन अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि