कपिलबस्तु, असोज ५ गते । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक तौलिहवा शाखाले प्राचिन तौलेश्वरनाथ मन्दिरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमका विच क्यूआर कोड हस्तान्तरण गरेको हो ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक तौलिहवा शाखाका प्रबन्धक अविनाश शुक्लाले मन्दिर सञ्चालक समितिका अध्यक्ष राम कुमार गुप्ता लाई क्यूआर कोर्ड हस्तान्तरण गरेका हुन् । यो सेवा सञ्चालनमा आएसँगै मन्दिरमा आउने दर्शनार्थीहरूले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन् ।
दर्शनार्थीहरूले क्यूआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्ने सञ्चालक समितिका अध्यक्ष गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले शुरुवातमा दुई देखि तिन हजार रुपैया क्यूआर कोडबाटै दान आइसकेको बताउनुभयो ।”
क्यूआर कोडबाटै सिधै खातामा रकम गएपछि मन्दिरमा चढाएको रकम चोरी हुने डर पनि कम हुने अधिकारकर्मी रवि ठाकुरले बताउनुभयो । बैंकको केही महिना अघि मात्र नयाँ शाखा कार्यालय सञ्चालन पश्चात ८५ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको शाखा प्रबन्धक शुक्लाले बताउनुभयो ।
मन्दिरमा शिवरात्रीको बेला छिमेकी जिल्ला रुपन्देही, अर्घाखाँची भारत तथा जिल्लाका विभिन्न स्थानबाट भक्तजनहरुले मन्दिरमा पूजापाठ गर्न आउने गरेका छन् । मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ । १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र समेत रहेको छ । मन्दिरमा रहेको शिवलिङलाई नेपाल कै ठूलो रहेको दाबी गरिएको छ ।
तपाईको प्रतिक्रिया !