सुनसरीकाे चतरा र आसपासका क्षेत्रमा ठूलो वर्षा, सावधानी अपनाउन आग्रह

काठमाण्डाै – सुनसरी जिल्लाको चतरा र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ ।

यी क्षेत्र भइ बहने स–सना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने र डुबान भइरहने होचा ठाउँमा जोखिम रहेका आवश्यक सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज प्रदेश-१ र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले बाढी, पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
संबन्धित समाचार