तौलिहवा, असोज १५ गते । कपिलबस्तुको तौलिहवा स्थित नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका बाल बालिकालाई सहयोग गरिएको छ । बालगृहमा रहेका बाल बालिकालाई दशैको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी नयां कपडा, जुत्ता मोजा समेत बितरण गरिएको हो ।
बालगृहमा रहेको असहय बाल बालिकालाई सबैले संरक्षण गर्नु पर्ने कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेद्र कुमार मिश्राले बताउनुभयो । बालगृहमा हाल २३ जना बालबालिका आश्रित रहेका गृहका प्रमुख राम प्रसाल अर्यालले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धानका प्रमुख योगेन्द्र केसी, बालगृहका कोषाध्यक्ष मोहम्मद वसिम, सदस्य रेणु सेन र धिरज कुमार गुप्ता लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संगठनका प्रमुख गोपाल मणि ज्ञवालीको अध्यक्षतामा भएको थियो ।
तपाईको प्रतिक्रिया !