कपिलबस्तु, असोज । नेपालीहरुको महान पर्व विजयादशमीमा सप्तमीका दिन दुर्गा भवानीको मुर्ति स्थापना गरीे धूमधामका साथ झा“की निकालिएको छ । वर्षौै देखि तराईमा दुर्गा भवानीका साथै गणेश, लक्ष्मी, सरस्वती, शिव लगायत कैयौं देवी देवताहरुको मुर्तिको झा“की ५ दिन सम्म निकालिने गरिएको हो । प्रत्येक बर्ष विजयदशीमा कपिलवस्तुका स्थानीय युवाहरुको अग्रसरतामा विभिन्न चौक, चौरहवा र गल्लीहरुमा माता दुर्गा भवानीका माटोका मुर्तिहरु बनाई पुजा आजाका लागि प्रदर्शनमा राखिने गरिएको छ ।
दुर्गा भवानीका साथै गणेश, लक्ष्मी, सरस्वती, शिवजी लगायत कैयौं देवी देवताहरुको मुर्तिको झांकी फूलपातीका दिन देखि ५ दिन सम्म झांकी निकाली पूजा आर्जा गर्ने गरेको स्थानिय रामशब्द मिश्राले बताउनुभयो । बाजागाजाका साथ निकालिएका झांकीहरुको अवलोकन गर्न शहरबजार र गांउघरबाट दर्शनार्थीहरुको भीडभाडका साथ रमाईलो हुने र पूजा आजा गर्ने चलन रहनुका साथै चहल पहल पनि हुने गरेको उहाँको भनाई छ ।
नौ दुर्गा भवानीको नवरात्र भरी पूजा आजा गर्नाले मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको मिना कोहारको भनाई छ ।
मुर्ति निर्माणका लागि हिन्दु समुदायका साथै मुस्लिमहरुले समेत चन्दा सहयोग प्रदान गरी धार्मिक सद्भाव कायम राख्न सहयोग गर्ने गरेका छन् । यी मुर्तिहरुलाई एकादशीका दिन बाजागाजाका साथ स्थानीय रामघाट नदी र वरपरका अन्य नदी तथा ताल तलैयाहरुमा लगेर विर्सजन गरिने प्रचलन रहेको छ । यस बर्ष जिल्लाभरीमा सयौंको संख्यामा मूर्ति तयार गरी झांकी निकालिएकोे छ भने बिजयादशमीमा मुर्तिकारहरुले प्रति मुर्ती विस देखि चालिस हजार सम्मको मूर्तिहरु बिक्री गरी ३ महिनामा लाखौंको कारोबार गर्न सफल हुने गर्दछन् ।
जिल्लाको सदरमुकाम तौलिहवा, कृष्णनगर,चन्द्रौटा, महाराजगंज,बहादुरगंज, पकडी, बर्रोहिया लगायतका स्थानहरुमा दुर्गा भवानीका यस्ता मुर्तिहरु प्रदर्शनमा राखिएका छन् ।
तपाईको प्रतिक्रिया !