बाराको अमलेखगञ्जमा बस दुर्घटना, १५ जनाको अवस्था चिन्ताजनक

फोटो राजु शाह कानुको फेसबुकबाट

काठमाडौं । बाराको अमलेखगञ्जमा बिहीबार बिहान बस दुर्घटना भएको छ ।

नारायणगढबाट पथलैया हुँदै वीरगञ्ज जाँदै गरेको बा०६-००१ ख-०११० नम्बरको बस बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटना हुँदा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका २५ मध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

दुर्घटनास्थलबाट २५ जनालाई उद्धार गरी मकवानपुरको हेटौंडा अस्पतालमा पठाइएको छ ।

घटनामा ठूलो क्षति भएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ  ।

प्रतिक्रिया
संबन्धित समाचार