मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्न दुई दिन मात्रै बाँकी छ । दलहरुले अझै पनि उमेदवारको टुंगो लगाउन सकेका छैनन् । सत्ता गठबन्धन र विपक्षी दललाई सिट बाँडफाँटको सकस छ ।
सिट बाँडफाँटको सकस, दसैँ र केही दिन यताको वर्षाका कारण निर्वाचन कार्यतालिका हेरफेर गर्न आयोगलाई दलहरुले दबाब दिएका छन् । विभिन्न कुराहरु आइरहेका छन् । हामी हाम्रो काममा पूर्वनिर्धारित कार्यतालिका अनुसार जुटिरहेका छौँ । सबैले आफू अनुकूलको कुरा गर्न त पाइयो ।
आएका कुरा सुनेका छौं’, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्यतालिका सार्न दबाब दिएको संकेत गर्दै भने । राजपत्रमा सूचना प्रकाशित गरिसकेकाले कुनै हेरफेर नहुने उनले बताए । यद्यपि, आयोगले सहजीकरण गर्ने उनको भनाइ छ । ‘राजपत्रमा सूचना प्रकाशित भएर आइसकेको छ ।
अघिल्लो दिन आएर फेरबदल भयो भने त्यसको सन्देश सकारात्मक जाँदैन’, उनले भने, ‘हामी कार्यतालिका अनुसार नै गर्छौं । अरु सहजीकरण गर्ने कुरा त छँदैछ ।’ आयोगले प्रत्यक्षतर्फको मनोनयन गर्न असोज २३ गते बिहान १० बजेदेखि ५ बजेसम्मको समय तोकेको छ ।
तपाईको प्रतिक्रिया !