तौलिहवा । कपिलबस्तुको क्षेत्र नं. २ मा सत्ता गठबन्धनले यशोधरा गाँउपालिकाको आठ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य र प्रदेश सभामा नेपाली कांग्रेसका सुधाकर पाण्डेले संयुक्त रुपमा असोज २८ गते तितिर्खिबाट घर दैलो शुरु गरी सिहोखोरमा सम्पन्न गरेको कांग्रेस नेता अनुप कुमार पाण्डेले बताउनुभयो ।
गठबन्धनले आज देखि कपिलबस्तु नगरपालिकाको वडा नं. ५ गोटीहवाबाट घरदैलो शुरु गरेको छ । उम्मेदवारहरुले कपिलबस्तुमा तिन वटै क्षेत्रमा सत्तागठबन्धको जित सुनिश्चित रहेको दावी गरेका छन् । घरदैलोका क्रममा वास्तवमा जनताले परिवर्तन नै चाहेको माओबादी नेता हजरत अलिले बताउनुभयो ।
गठबन्धनको तर्फबाट कपिलबस्तु क्षेत्र नं.१ को प्रतिनिधि सभामा चक्रपाणी खनाल (बल्देव), प्रदेश सभा १ (१)मा दोलखराम घिमिरे र १ (२)मा सहसराम यादव रहेका छन् भने नेकपा एमालेबाट प्रतिनिधि सभामा बलराम अधिकारी, प्रदेश सभा १(१) मा विष्णु पन्थि र १(२)मा मधुसुदन शरण चौधरी उम्मेदवार रहेका छन् ।
त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ मा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका सुरेन्द्रराज आचार्य, प्रदेश सभा क्षेत्र नं. २(१) मा विक्रम सिंह थापा र प्रदेश सभा २(२)मा सुधाकर पाण्डेय रहनु भएको छ भने एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यमा बृजेश कुमार गुप्ता, प्रदेश सभा क्षेत्र नं. २(१) नवराज लामिछाने र प्रदेश २(२)मा धर्म बहादुर लाल श्रीवास्तव रहेका छन् ।
त्यस्तै कपिलबस्तु क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह, प्रदेश सभा ३(१) मा माओबादी केन्द्रबाट एहसान अहमद खाँ र प्रदेश ३(२)मा कांग्रेसका विरेन्द्र कुमार कनोडिया उम्मेदवार छन् भने एमालेको तर्फबाट प्रतिनिधि सभामा मंगल प्रसाद गुप्ता, प्रदेश सभा ३(१)मा अर्जुन कुमार के.सी. र प्रदेश ३ (२)मा रजाउर्रहमान खा रहेका छन् ।
जिल्लामा तिन प्रतिनिधि सभा र छ प्रदेश सभा गरी नौ पदका लागि १ सय ४३ जना उम्मेदवार रहेका छन ।
तपाईको प्रतिक्रिया !