लुम्बिनीसमय । संवाददाता
कपिलबस्तुको पकडीमा धनवन्तरी दिवस मनाइएको छ । पवित्र माह कार्तिक मासको कृष्ण पक्षको त्रयोदशी तिथि अर्थात् शान्ति, समृद्धि, शुख, वैभव निरोगिता एवं प्रसिद्धिको तिथि अर्थात् धनतेरस यस तिथिमा समुद्र मन्थनको समय भगवान् धनवन्तरी अमृत कलश हातमा लिएर प्रकट भएको हुनाले यस दिनलाई धनत्रयोदशीको रुपमा मानिने परम्परा रहेको छ । आयुर्वेदका प्रणेता भगवान् धनवन्तरी कलश लिएर प्रकट भएको हुनाले यस दिनलाई धनवन्तरी दिवसको रुपमा मनाउने चलन रहेको हो ।
उक्त दिवसको अवसर पारेर पकडी आयुर्वेद औषधालयले धनवन्तरी दिवस भव्यताका साथ मनाएको छ । सो अवसरमा टीका थाप्ने कार्य मायादेवी गाँउपालिकाको पुर्व गाँउपालिका उपाध्यक्ष गीता तिवारीद्वारा गरिएको पकडी आयुर्वेद औषधालयकी कार्यालय प्रमुख रेखा शुक्लाले बताउनुभयो ।
कार्यक्रममा गाँउपालिका अध्यक्ष वलिउद्दीन मुसलमान, प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादव, योजना अधिकृत कृष्ण तेली, स्वास्थ्य बीमा बोर्डको दर्ता अधिकारी वशिष्ठ तिवारी, वडा अध्यक्ष इश्हाक अहमद मुसलमान लगायतका सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !