काठमाण्डौ – सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने भएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत काठमाण्डौको वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई सरकारले सांस्कृतिक केन्द्रका रुपमा विकास गर्न लागेको हो ।
त्यसको प्रत्यक्ष लाभ स्थानीय बासिन्दाले पाउने व्यवस्था गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । सम्पदा क्षेत्रका नागरिकले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाइने उहाँको भनाइ छ ।
तपाईको प्रतिक्रिया !