गठबन्धनले जिते ५ वर्ष संसद भंग हुँदैन : देउवा

k|d b]pjf dWoljGb’, @( sflQsM klZrd gjnk/f;Ldf dªunaf/ cfof]lht r’gfjL ;efnfO{ ;Daf]wg ug{ k’Ug’ePsf k|wfgdGqL Pj+ g]kfnL sf+u|]; ;efklt z]/axfb’/ b]pjf . ;fydf gjnk/f;L If]q g+ ! df u7aGwgsf tkm{af6 k|ltlglw;efsf pDd]bjf/ pBf]uklt ljgf]b rf}w/Lnufot . tl:a/ M lji0f’k|;fb uf}8]n÷/f;;

नवलपरासी । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले जिते ५ वर्ष संसद भंग नगर्ने बताएका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनले मंगलबार नवलपरासीको चौपातामा गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले आफूहरुले ५ वर्ष नै संसद चलाउने बताए ।

‘आफ्नो बिरोध हुने बित्तिकै ओलीले रिसको झोकमा विना कारण संसद भंग गरे । हामीले त्यसो गर्दैनौं,’ देउवाले भने, ‘हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीको जस्तो गरी हामीले संसद भंग गर्दैनौं । हामी ५ वर्ष संसद चलाउँछौ । त्यसका लागि गठबन्धनलाई जिताउन आवश्यक छ ।’

आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको आरोप लगाउँदै उनले गठबन्धनका बारेमा कसैले चिन्ता गर्न नपर्ने बताए ।

समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलीय गठबन्धन चुनावपछि पनि कायम रहने उनले बताए । चुनावी सभामा भाग लिन देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै नवलपरासी आएका हुन् ।

प्रतिक्रिया
संबन्धित समाचार