कपिलस्तु क्षेत्र नं. ३ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाहले गठबन्धनको जितलाई कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ । आज शिवराज नगरपालिकामा भएको बृह्त आम सभालाई सम्बोधन गर्दै जनताको मतलाई लत्याएर दुई दुई पटक संसदको हत्या गर्नेहरुलाई आम जनताले राम्ररी चिनेको हुनाले आसन्न निर्वाचनमा जनताले बढार्ने बताउनु भएको हो ।
देशै भरी लोकतान्त्रिक बाम गठबन्धनको लहर चलेकोले कपिलवस्तु क्षेत्र नं. ३ मा पनि गठबन्धनका साझा उम्मेदवारहरु बहुमतले विजयी हुने शाहले उद्घोष गर्नु भएको हो । जनताको सृमृद्धि र संविधानको रक्षा गठबन्धनले नै गर्ने भएकोले आम मतदाता कतै नअल्मलिएर प्रतिनिधी सभामा रुख चिन्हमा क्षेत्र ३ (क) मा गोलाकार भित्रको हसियाँ हथौडा मा र क्षेत्र नं. ३(ख) मा रुख चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो ।
आमसभालाई सम्बोधन गर्दै छोटो समय सरकारमा रहेको बेला यस क्षेत्रको विकास विभिन्न योजनाहरु अगाडी बढाएको उहाँले बताउनु भयो । विद्यालयहरुमा विद्यार्थीको यातायात सुविधाका लागी आफुले बस, विरामीहरुको उपचारमा सहयोगार्थ एम्बुलेन्स दिएको अहिले त्यसको सुविधा नगर तथा क्षेत्रबासीले लिइरहेको उहाँले बताउनु भयो । आफुले आफ्नो संसदिय विकास कोषको रकमबाट यस क्षेत्र पुल , सडक, सिचाईका लागी बोरिङ्ग खानेपानीका लागी नलका,लगायतका विकासका कामहरुमा लगाएको बताउनु भयो । शाहले आफु निर्वाचित भए लगतै क्षेत्रमा रहेका आमा समूहहरुको भवन निर्माणका लागी १० ÷१० लाख बजेट विनियोजन गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो ।
तपाईको प्रतिक्रिया !