तौलिहवा । कपिलबस्तुमा ३१ औं अन्र्तराष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगताको सवालमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अपांगता भएकाहरु संग अरु जस्तै व्यवहार गर्न सरोकार वालाहरुले माग गरेका छन् । कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको लागि प्रत्येक पालिकाहरुमा दोभासेको पनि व्यवस्था गर्न माग गरिएको हो ।
अन्र्तराष्ट्रिय अपांगता दिवस प्रत्येक बर्ष डिसेम्बर ३ तारिखमा मनाउने गरिन्छ । कार्यक्रम जिल्ला समन्वय समिति कपिलबस्तु, लुम्बिनी अपांगता विकास केन्द्र, अपांग उत्थान समाज, ऋतु स्वावलम्बन अपांग संस्ता, कपिलबस्तु बहिरा संघ, कपिलबस्तु नगर स्तरिय नेत्र हिन संघको संयुक्त आयोजनामा भएको हो । कपिलबस्तु नगरपालिका, दलित सामाजिक विकास केन्द्र, यु एम एन, कालिका स्वावलम्बन सामाजिक केन्द्र, फेयरमेड फाउण्डेसन, ओरेक किशोरी अधिकार मंच, महुरी होम, सनसाइन सामाजिक विकास संस्था, कपिलबस्तु इन्ट्रिग्रेटेड डेभलपमेण्ट सर्भिसेजको संयुक्त सहयोगमा कार्यक्रम भएको हो ।
कार्यक्रम जिल्ला समन्वय समितिका उप सभापति रमेश कुर्मिको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको प्रमुख अतिथ्यतामा भएको हो । कार्यक्रममा विभिन्न संभ संस्थाका प्रमुख एबम् प्रतिनिधि अपांगता भएको व्यक्ति लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !