तौलिहवा । युनाइटेड मिसन टु नेपाल (यु एम एन) कपिलबस्तु क्लष्टरले आर्थिक वर्ष २०७८÷०७९ को सामाजिक लेखापरिक्षण सम्पन्न गरेको छ । रुपान्तरित नेपाली समाजमा सबैलाई प्रसस्तताको जीवनू नारा बोकेको यु एम एनले कपिलबस्तुको तौलिहवामा औपचारिक कार्यक्रम गरि जिल्ला स्थित सरोकारवाला, संघ संस्थाका प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सेवा ग्राहि र पत्रकारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
आर्थिक वर्षमा संस्थाले सम्पादन गरेको सम्पूर्ण क्रियाकलापको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको कपिलबस्तु क्लष्टर टिम लिडर रुप कुमार विकले बताउनु भयो ।
संस्थाले जिल्लाको यशोधरा र मायादेवि गाँउपालिकामा लागू भएको यस संस्थाले स्वास्थ, शिक्षा, जिविकोपार्जन, सुशासन, अपांगता सामावेशिकरण, संरक्षण, लैङ्गकि समानता र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको छ ।
त्यस्तै संस्थाले कोभिड प्रभावित घरधुरीलाई आयआर्जनमा आर्थिक सहयोग, सामाजिक जवाफदेहिता सुशासन प्रबर्द्धन, कोभिड प्रतिकार्य गर्नका लागि कार्यक्रम लागु भएका स्थानीय तह र कपिलबस्तु अस्पताललाई आर्थिक तथा प्राबिधिक सहयोग गरेको उहाँले बताउनुभयो । संस्थाले आर्थिक वर्ष २०७८र०७९ मा खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।
संस्थाले स्थानीय तह र सरकारि कार्यलय आगामि दिनमा मिलेर अगाडि बढे झनै संस्थाले संचालन गरेका कार्यक्रमहरु प्रभावकारी बनाउन सकिने कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति कपिलबस्तुका सभापति बाबुराम आचार्यले बताउनु भयो । कार्यक्रमले पछाडि परेको समुदायलाई महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । कोरोना कालमा वितरण गरिएको सामाग्रीहरुको सहि सदुपयोग भएको छ कि छैन भनि अनुगमन पनि गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा मायादेवी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत परमेश्वर यादवले गाँउपालिकाले गर्न नसक्ने कार्यहरु पनि संस्थाले गर्दै आएको बताउनुभयो । आवश्यकताको आधारमा संस्थाले कार्य गर्दै आएको उहाँले बताउनुभयो । कार्यक्रममा दलित समाजिक विकास केन्द्रकी विन्दवसिनी हरिजनले विद्यालयहरुमा एउटा समाजिक परिचालनको व्यवस्था गर्नु पर्ने बताइन् ।
तपाईको प्रतिक्रिया !