कपिलबस्तु, मंसिर २२ गते । कपिलबस्तु निर्माण व्यवसायी संघले १५ औ राष्ट्रिय निर्माण दिवसको अवसरमा मदरसालाई खद्यान्न सहयोग गरेको छ । संघले कपिलबस्तु नगरपालिका वडा नं. १ स्थित मदरसा अहले सुन्नत नईमुल वुलुमलाई सो सामाग्री वितरण गरेको हो ।
संघले हरेक बर्ष निर्माण दिवसको अवसरमा विभिन्न संघ संस्था तथा अस्पताललाई सहयोग गर्दै आएको संघका अध्यक्ष सरोज अर्यालले बताउनुभयो । संघले १ क्युन्टल चामल, २५ किलो दल, ५ किलो तेल लगायतको सामाग्रीहरु सहयोग गरेको उहाँले बताउनुभयो । मदरसामा रहेको बालबालिकालाई मुठ्ठीदानबाट चलेको थाहा पाएपछि सहयोग गर्ने संघले निर्णाय गरेको अर्यालले बताउनुभयो ।
मदरसालाई पहिलो पटक निर्माण व्यवसायी संघले सहयोग गरेको मदरसाका मौलाना अलि हुसेनले बताउनुभयो । मदरसामा छात्र छात्रा गरी एक सय ५५ जना बालबालिका मध्ये ३२ जना छत्रवासमा बसेर अध्ययन गरिरहेका उहाँले बताउनुभयो । मस्जिद निर्माणका लागि कपिलबस्तु नगरपालिका २ का वडाध्यक्ष अशोक कुमार गुप्ताले ११ हजार सहयोग समेत गर्नु भएको छ ।
सो अवसरमा लुम्बिनी प्रदेश निर्माण व्यवसायी संघका प्रदेश उप महासचिव दिनेश हमाल, बुद्धभुमि नगरपालिका १० का वडाध्यक्ष सनदीप पाण्डेय, संघका पुर्व अध्यक्ष गुन्जन कुमार गुप्ता, संघका महासचिव शिव दयाल ठाकुर, समाज सेवी रवि ठाकुर नेपाली कांग्रेस कपिलबस्तु नगरपालिकाका नगर सभापति खुर्सेद अहमद खाँ, लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !