कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ ले दुर्गमका नागरिकहरुका लागि सेवाकेन्द्रको उद्घाटन गरेको छ । शिवराज ३ वडाका बलुहवा, काफलखुट्टा,हचुवा, मजगाँउ र बलुहवा डाडाका सेवाग्राहीहरुको सुविधाका लागि वडाले सेवा केन्द्रको स्थापना गरी संचालनमा ल्याएको हो ।
वडा कार्यालयमा पुग्न दिन खर्च गर्नु पर्ने स्थानियहरुको असुविधालाई हटाउन वडाले सेवा केन्द्रको स्थापना गरेको हो । सेवा केन्द्रको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाका सदस्य अर्जुन कुमार के.सी.ले स्थानियको पहुँच भन्दा टाढा रहेको वडा कार्यालयले सेवा केन्द्र स्थापना गरी अब सेवा लिन सहज हुने उहाँले बताउनु भयो । नगरका ठूला वडाहरुलाई संमायोजनका लागी आफुले प्रयास गरे पनि सफल हुन नसकेको के.सी.ले बताउनु भयो ।
स्थानिय गाउँका नागरीक लाई वडाको कार्यालय मा जान आउन गाहे परेको र सानो सिफारीका लागी पनि धेरै समय लाग्ने यातायातमा पनि खर्च हुने भएकोले स्थानिय गाउँलेहरुको माग बमोजिम वडाको सेवाकेन्द्र स्थापना गरीएको शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले बताउन्ु भयो ।
सेवा केन्द्रबाट सेवा प्रवाह गर्ने कर्मचारीहरुले जनताको काम छिटो छरीतो रुपमा गरिदिन प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डेले निर्देशन समेत दिनु भयो ।
स्थानियलाई वडाको कार्यालयमा पुगी काम सेवा लिन निकै महङ्गो पर्दै आएको र समय पनि खर्चिनु पर्ने बाध्यता सेवा केन्द्रले हटाएको नेपाली काँग्रेसका युवा नेता स्थानिय राजु खरालले बताउनु भयो ।
वडाले सेवा केन्द्र आफ्नैघर अगाडी संचालन गरेकोमा स्थानियले खुसी व्यक्त गरेका छन । वडामा सानो सिफारी लिन समेत जान आउन एक दिन पुरै लाग्ने र केहि कागज मिलेन भने पुन आर्को दिन समेत खर्चनु पर्ने बाध्यता सेवा केन्द्र संचालन संगै हटेको स्थानियहरुले बताएका छन ।
सेवा ग्राहिको सुविधालाई मध्य नजर गर्दै वडाले सेवा केन्द्र संचालनमा ल्याएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनु भयो । सबै भन्दा नजिकको सरकार स्थानिय तह भएको र जनता संग प्रत्यक्ष जोडिने सरकार भएकाले नागरिकको सुविधालाई प्राथमिकता दिदै वडा कार्यालयबाट हुने सम्पूर्ण काम साप्ताहि रुपमा सेवा केन्द्रबाट उपलब्ध हुने अध्यक्ष सापकोटाले बताउनु भयो ।
दुर्गमका बस्तीहरुमा यसरी सेवा केन्द्र विस्तार गर्दा नागरिकमा सहज रुपमा सेवा प्रवाह हुने हो भने सिहं दरबार घर घरमा जनताले अनुभूति गर्ने थिए ।
तपाईको प्रतिक्रिया !