कपिलबस्तु, पुस १३ गते । कपिलबस्तुको तौलिहवामा लैङ्गिक हिंसा निवारणको लागि सामूहिक प्रयास अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पालिकका प्रमुख एवम् प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि प्रहरी लगायतको सहभागिता रहेको थियो ।
केही पालिकाका न्यायिक समिति मात्रै क्रियाशिल बताउदै न्यायिक समिति सक्रिय भए भने साना तिन झैझगडा त्यही समाधान हुने जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले बताउनुभएको छ । पालिकाका न्यायिक समितिका प्रमुखहरुलाई सक्रिय बनाउन समन्वय समितिले विभिन्न किसिमको तालिमहरुको व्यवस्था गरिने उहाँको भनाई छ ।
मेलमिलाप ठिक भए पनि सबै किसिमको समस्यालाई मेलमिलाप गर्न नहुने प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्राले बताउनुभयो । मेलमिलापले अपराध कहिले पनि नियन्त्रण नहुने त्यसैले दोषिलाई कारवाही गर्न सधै प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
महिलाका साथै पुरुष पनि हिंसामा परिरहेको शुद्धोधन गाँउपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले बताउनुभयो । हिंसा न्यूनिकरणमा सरकार र समुदायविच जुन भुमिका हुनु पर्ने हो त्यो नभएको उहाँले बताउनुभयो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, समन्वय अधिकारी भुमिराम पोखरेल लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि प्रहरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम साथी संस्थाका केन्द्रिय अध्यक्ष सजनी अमात्य पनेरुको अध्यक्षतामा भएको थियो ।
तपाईको प्रतिक्रिया !