कपिलवस्तु १५ पुस
कपिलवस्तुको यशोधरा गाउपालिका– ८ शिवखोर स्थित बाणगंगा नदीको बगरमा निलगाई मारेर भाग लगाईरहेको अवस्थामा शुक्रवार दिउसो ३ जना पक्राउ पारेका छन । निलगाई मारेर नजिकै रहेको बगौचामा मासुको भाग लगाईरहेको अवस्थामा स्थानीय जमील अहमद चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर २ पडेरियाका मोहोम्मद ईमरान मुसलमान र नसरुल्लाह मुसलमान पक्राउ परेका छन । उनीहरुबाट २ वटा खुर सहीत २५ किलो मासु समेत बरामद भएको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए । निलगाई मारेर १२ देखि १५ जनाको समुहले मासुको भाग लगाईरहेका बेला घटना स्थलमा प्रहरी पुगेका थियो । प्रहरीलाई देखे पछि धेरै जना भागेका थिए । बरामद मासु सहीत ३ जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाइएको छ । पक्राउ परेका उपर बन्यजन्तु सम्बन्धी मुद्दा लगाई कारबाही प्रकृया अघि बढाईने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन शान्डील्यले बताए ।
तपाईको प्रतिक्रिया !