अत्याधिक जाडो बढे पछि कपिलवस्तुको तिलौराकोट साझेदारी वनले आफनो क्षेत्रमा पर्ने चोक चौराहामा दाउरा बाड्न सुरु गरेको छ। जाडो बढे पनि पालिकाहरुले दाउरा वितरणमा ढिलाई गरे पछि तिलौराकोट साझेदारी वनले चोक र चौराहामा दाउरा र मुढा वितरण सुरु गरेको हो।
प्रजिअ धर्मेन्द्र कुमार मिश्र र डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीको निर्देशन पछि तिलौराकोट साझेदारीले चोक चौराहामा दाउरा वितरण सुरु गरेको साझेदारीका अध्यक्ष जय प्रकाश पाण्डेयले बताए।
अहिले चेत्रादेई स्थित साझेदारी वनको कार्यालय हाता भित्र ५ चट्टा मात्र दाउरा रहेको छ। त्यही दाउरा साझेदारीका कर्मचारीले गाडीमा चोक चौराहा विद्यालय र सररकारी कार्यालय बाडेको हो। चत्रादेईका विद्यालय, चोक चोराहा, तौलिहवाका चोकहरु, सरकारी कार्यालयमा दाउरा बाडिएको अध्यक्ष पाण्डेयले बताए।
‘शितलह र जाडोको बेला हामीले साझेदारीको क्षमता अनुसार दाउरा बाडछौ ’ उनले भने। जिल्लाका १० पालिका र १ सय २० सामुदायिक वन तथा अन्य साझेदारी वनले पनि यो प्रकोपको बेला दाउरा बाडन् पर्ने उनको माग छ। ‘यो बिपतको बेला सबैले उत्तरदायित्व बहन गुर्न पर्छ।’ उता कपिलवस्तु नगरपालिकाले पनि डिभिजन वन कार्यालयको आपुर्ति समितिसंग करिब ८ चट्टा दाउरा खरिद गरी बाडने प्रकृया अघि बढाएको छ। कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले दाउरा किनेर वितरण गर्ने जिम्मा सामाजिक शाखालाई दिइएको बताए।
अबको केही दिनै मै नगर क्षेत्रका चोक चौराहामा दाउरा बाडिने बताए। तराईमा केही दिन यता निरन्तरको शीत लहरले जाडो बढदै गएको छ। जाडो बढे पछि कपिलवस्तुको जीनजीवन प्रभावित बनेको छ। खासगरी वृद्धृद्धा र बालबालिकाहरु जाडेबाट बढी प्रभाहित भएका छन्। प्रजिअ मिश्रले पनि यो बिपतका बेला गैर सरकारी सरकारी निकायले आ आफनो क्षेत्रबाट सहयोगी हात बढाउन आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया !