कपिलवस्तु १९ पुस
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको बुढ्डीमा राष्ट्रपति रनिङ शील्ड र मेयर कप प्रतियोगीता सूरु भएको छ । सांसद सुरेन्द्रराज आचार्यले पानसमा दीप प्रज्जवलन पछि मार्च पास गरी कार्यक्रमको उदघाटन गरिएको हो ।
सो अवसरमा सांसद आचार्यले बुद्धुभुमी नगरपालिकामा रंगशाला निर्माणकालागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा बुद्धुभुमीमा रंगशाला निर्माण गरिनु पर्ने बताए । उनले खेलक्षेत्रको विकासमा आसातित लगानी नगरिएको अवस्थामा पालिकाले यसरी बिद्यार्थीको हौसला बढाउन गरिएको यो प्रतियोगीता आफैमा सराहनीय रहेको बताए ।
खेल भन्ने कुरा अनुशानमा आधारित रहने भन्दै उनले बिद्यालयका गुरुहरुले भोलीका सन्ततीकालागि चनाखो हुनु पर्ने बताए । उनले स्वास्थ्य शिक्षा लगातयका मौलिक हकका कुरा संबिधानमा लेखिए पनि अझै सम्म कार्यान्वय हुन नसकेको बताए । सो अवसरमा ल्म्बिनी प्रदेश सदस्य नवराज लामिछानेले खेल क्षेत्रको विकासकालागि आफुले सक्दो पहल गर्ने बताए ।
सो अवसरमा नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले नगरपालिकाले ६ करोड लगानीको रंगशाला निर्माणकालागि पहल गरेको बताए । त्यसकालागि संघीय र प्रदेश सरकारसंग माग समेत गरिएको बताए ।
राष्ट्रपनि रनिङ शील्डमा १८ बिद्यालयका बिद्यार्थी तथा मेयर कपकालागि ७ वडाका टीम फुटवलमा र आधाभुत तहका बिद्यार्थीहरु सय र २ सय मिटर दौड र लङ जम्पमा सहभागी रहेका छन ।
मेयर श्रेष्ठको अध्यक्षता र लिल बहादुर राउतको स्वागत मन्तब्यमा भएको उदघाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्याय, पिताम्बर खनाल, बिष्णुहरि शर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए । खेल पुस २३ गते सम्म चल्ने छ ।
तपाईको प्रतिक्रिया !